बिहिबार, बैशाख १३, २०८१

महानगरको आधिकारिक वेव साइटको कर्मचारी संरचनामा पदीय वरीयताक्रम प्रविष्टिमा मनपरी

नियुक्ति र बढुवाको तहगत व्यवस्था विपरित आ-आफ्नो नाम प्रविष्टि भएको भन्दै विभागीय प्रमुखहरु निरुत्साहित

काठमाडौं पुस १६, काठमाडौं महानगरपालिकाको कर्मचारी संरचनाको सवालमा महानगरपालिकोको आधिकारिक वेव साइटमा अपलोड गरिएको व्यवस्थालाइ हेर्ने हो भने जो कोहि व्यक्तिले पनि सहजै वरीयताक्रम  एवम् मर्यादाक्रमको ठाडो उलङ्गघन भएको देख्न सकिन्छ ।
२ दशक भन्दा लामो समय जनप्रतिनिधी विहिन भएको स्थानीय तहमा निर्वाचन मार्फत जनप्रतिनिधी निर्वाचित हुँदै स्थानीय सरकार बनीसक्दा पनि महानगरपालिकाका केहि जिम्मेवार भनाउँदा कर्मचारीले आफु अनुकुल निति र विधिको कुनै पर्वाह नगरी नियम संगतरुपमा भएको बढुवा र वरीयताक्रम विपरित महानगरको आधिकारिक सूचना प्रवाह हुने वेव साइटमा मनपरि रुपमा सूचना ,जानकारी अपलोड गर्न निर्देशन दिने गरेको समाचारस्रोतको दावी रहेको छ ।

(मनलाग्दी रुपमा प्रविष्टि भएको नामावली सूची )

यसैक्रममा स्थानीय स्वायत्तशासन नियमावली अनुरुप मुलुकको पहिलो महानगरपालिमा आठौं तहको निर्देशक ५ जनाको दरबन्दी  सिर्जना गर्दै आन्तरिक बढुवाद्दारा २०६८ सालमा:   पदपुर्ति गरिएको निर्देशकहरु क्रमस सनत कुमार थापा,बद्रीबहादुर खड्का, महेन्द्रलाल श्रेष्ठ, शान्तराम पोखरेल र साधुराम भट्टराईलाइ जिम्मेवारी दिईएको थियो । पछि पुन महानगरको मौजुदा कर्मचारी संरचनामा फेरबदल गर्दै २०७१ सालमा :  ११ वटा विभाग र ३ वटा सचिवालय र ३ वटा आयोजना समेत गरि १७ विभागीय संरचना स्वीकृत गर्दै ति विभागमा ८ औ तहको विभागीय प्रमुखको व्यवस्थापन गर्न पुन १४ जनाको दरबन्दी सिर्जना गर्दै पदपुर्ति गरिएका विभागीय प्रमुख क्रमस नरेन्द्र विलास बज्राचार्य ,नुरनिधि न्यौपाने, बुद्दरत्न मानन्धर,राज्य प्रकाश प्रधानांग,रविन्द्र कुमार पौड्याल, संजयराज उपाध्याय,डा.उत्तरकुमार रेग्मी,इन्द्रमान सिं ,सुवाल,अर्चना श्रेष्ठ,नारायणबाबु भट्टराई,भैरव बहादुर बोगटी र ज्ञानेन्द्र कार्कीको बढुवा भएको महानगर स्रोतले जनाएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार यसरी विभागीय प्रमुखको पदपुर्ति भएको केहि समय लगत्तै तत्कालीन कार्यकारी प्रमुख रुद्धसिंह तामाङ्गले  २०७३ सालमा:  थप १९ वटा आठौं तहको निर्देशकको दरबन्दी सिर्जना गर्दै क्रमस नमराज ढकाल,शिवराज अधिकारी, बलराम त्रिपाठी,यादव घिमिर ,बसन्त आर्चाय , पुरुषोत्तम शाक्य , दिपक अधिकारी,नवराज थापा,महेश कुमार काफ्ले,ध्रुव कुमार काफ्ले, राम बहादुर थापा,सुरेश कुमार राइ, रविन मान श्रेष्ठ,हरि बहादुर कुँवर,सुरज शाक्य,रविन्द्र कुमार राई,देवेन्द्र प्रसाद पोखरेल , गणेश प्रसाद थपलिया र कमलबाबु श्रेष्ठलाइ गरिएको  जानकारी दिएका छन । त्यस्तै प्रस्तुत व्यक्तिहरुमध्ये क्रमस बद्री बहादुर खड्का शान्तराम पोखरेल र महेन्द्रलाल श्रेष्ठको स्ववेच्छिक अवकास भइसकेको छ भने बाँकी तहगत कर्मचारीको मौजुदा संरचना महानगरपालिकामा क्रियाशील रहेको अवस्था रहेको छ ।

यद्यपी महानगरपालिकाको यि कर्मचारी आ-आफ्नो विभागमा क्रियाशील रहे पनि बढुवाको समयम एवम् कार्य सम्पादन मुल्याङकन विपरित वेव साइटमा आ-आफ्नो नाम अपलोड भएको भन्दै असन्तोष व्यक्त गरेका छन । प्रशासन विभागका प्रमुख लगायत उहाँ  निकट व्यक्तिको नाम अग्रभागमा र त्यसपछि अन्यको नाम प्रविष्टि भएको भन्दै ति कर्मचारीले असन्तोष प्रकट गरेको हो । यसरी वेवमा आफ्नो अपलोड गर्दा त विभेद गर्ने महानगर प्रशासनले अरुमा के गर्ला ? तपाइ आफै सोेच्नस भन्दै साचार स्रोतले कसैलाइ काखा कसैलाइ पाखा गर्न नहुनेमा जोड दिदै निर्वाचित जनप्रतिनिधी समेतले यसमा हेक्का राख्न नसकेको गुनासो गरेका छन । बढुवा सूची हेर्ने हो भने अर्चना श्रेष्ठ ,संजयराज उपाध्याय,डा.उत्तरकुमार रेग्मी,इन्द्रमान सिं ,सुवाल,नारायणबाबु भट्टराईको  नाम प्रविष्टि भएको क्रमाङ्गले यसलाइ प्रष्ट पारको स्रोतले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।