नेपालमा शैक्षिक परामर्शदाताका रुपमा कार्यरत संस्था एईसिसि ग्लोबलका अध्यक्ष श्रीमती लोचनकुमारी हरलालकाको निर्देशनमा चेकमा जालि हस्ताक्षर गदै निजका छोरा रणजीतद्दारा बैक ठगी
काठमाडौं माघ १७, काठमाडौ जिल्ला अदालतले बैंक ठगी प्रकरणमा पक्राउपुर्जी जारी गरेको ब्यक्तिलाई प्रहरी आफैंले भगाएको छ । नेपालमा शैक्षिक परामर्शदाताका रुपमा कार्यरत संस्था एईसिसि ग्लोबलका अध्यक्ष श्रीमती लोचनकुमारी हरलालकाको निर्देशनमा निजका छोरा रणजीत अग्रवालले चेकमा जालि हस्ताक्षर गरि ठगेको आरोपमा कारवाहीका लागि जिल्ला अदालत काठमाडौले २०७५ मंसिर २० गते मुलुकी अपराध संहिताको दफा ९(३) बमोजिम पक्राउ आदेश जारी गरेको थियो । अदालतको आदेशानुसार दुबैलाई पक्राउ गर्न खटिएको कालीमाटी प्रहरी वृत्तको टोलीले अदालतको आँखामा छारो हाल्नकै लागि आरोपितलाई नपक्रिकन आरोपितकै अर्का छोरा अष्ट्रेलिएन नागरिक सोनु अग्रवाललाई पक्राउ गरि आरोपितलाई भाग्ने अवसर दिएको बुझिएको छ ।
अदालतको आदेशानुसार मंसीर २२ गते बिहान हरलालकको घरमा पुगेको प्रहरीले आरोपित हरलाल र निजका छोरा रणजीतलाई पक्राउ गर्नुको अलावा आरोपितका अर्का छोरा सोनुलाई पक्राउ गरेको थाहा भएको छ । प्रहरीस्रोतका अनुसार, सोनुले आफुलाई नै रणजीत अग्रवाल भनेर चिनाएका आधारमा पक्राउ गरेर कालीमाटी ल्याएकोमा पछि उस्को पहिचान अर्कै भएको भन्दै आर्थिक चलखेल गरी छोडेको छ भने पक्राउ गर्नुपर्ने अभियुक्तद्दय (आमा -छोरा) दुवै अहिले फरार छन् ।
त्यस्तै प्राप्त जानकारी अनुसार एइसिसि ग्लोबलमा लोचन कुमारीका नाममा ५०% र राजेन्द्रकुमार वैधका नाममा ५०% शेयर रहेको र दुबै शेयरहोल्डरका बिचमा केही समय देखि विवाद थियो । संस्थामा विवादरहेकै कारण संस्थाका नाममा बैंक अफ काठमाडौ,लुम्बिनी बिकास बैंक लगायतका बैंकमा रहेका खाता हालको अवस्थासम्म रोक्कामै रहेकोमा अध्यक्ष हरलालकाका जेठा छोरा रणजीतले आफ्नो एकल हस्ताक्षर नै नचल्ने बैंक अफ काठमाडौमा रहेको संस्थाको खाताको चेक नं.४३५२९६७६ बाट रु ६ लाख सचिन उपाध्यायका नाममा र चेक नं. ४३५२९६७५ बाट रु चार लाख रिया उपाध्यायका नाममा दिइ ठगी गरेका थिए । आफु र आफ्नी छोरीलाई रणजीतले फर्जी चेक उपलब्ध गराई ठगी गरेको भन्दै कारवाहीकालागि सचिन उपाध्यायले दिएको उजुरी आधारमा अदालतले उक्त पक्राउ आदेश जारी गरेको थियो ।
त्यस्तै एईसिसि ग्लोबलका खाता रोक्का रहेका कारण अध्यक्ष हरलालका र निजका छोरा रणजीतलाई सचिन उपाध्यायले उक्त रकम एईसिसि ग्लोबलका कर्मचारीलाई तलब खुवाउनकालागि उपलब्ध गराएको र पछि उक्त रकम फिर्ता गर्ने बेलामा आमाछोराकै मिलोमतोमा फर्जी चेक दिएर आफुलाई ठग्ने कोशिस गरेको बताएका छन् ।
बिगत केही समय अघिसम्म संस्थाका दुबै साझेदारहरुबिच विवाद रहेको र यो विवाद पाटन उच्च अदालतसम्म नै पुगेको थियो अदालतले हरलालकाले साझेदार विरुद्ध दिएका पाँच वटा विभिन्न प्रकृतीका मुद्दालाई गत ०७५ कार्तिक २८ गते सबै रिट खारेज गरिसकेको छ ।
यसो त ठगी आरोप लागेका रणजीत अग्रवाल यस अघि पनि गोल्छा अर्गनाईजेसनले बिरगञ्जबाट काठमाडौ पठाएको एक ट्रक व्याटि चोरेको आरोपमा चितवन कारागारमा बसिसकेका सातिर अपराधी हुन । उक्त चोरी मुद्दा चितवन जिल्ला अदालत चितवनमा चलेको थियो । र,हाल २० लाखको धरौटीमा छुटेको हो । त्यस्तैगरि आरोपितका अर्का छोरा सोनू अग्रवाल जो अष्ट्रेलियन नागरिक हुन उनि पनि ७ जनवरी २००९ मा लेपटप चोरीको आरोपमा कागजसमेत गराएको बुझिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान