बिहिबार, बैशाख १३, २०८१

बस्याल टोल सडक निर्माणका लागि उपभोक्ता समिति गठन

काठमाडौं पुस २५ , नार्गाजुन नगरपालिका अन्र्तगत रहेको वडा नं ५ बस्याल टोलको सडक निर्माणका लागि आवश्यक छलफलपछि सडक निर्माण उपभोक्ता समिति गठन गरिएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नं ८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम मार्फत निर्माण गर्ने तयारी भएको बस्याल टोलको सडक निर्माणका लागि आज एक कार्यक्रमकावीच संघीय ससंदका सदस्य एवम् स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमका संयोजक जीवनराम श्रेष्ठको उपस्थितीमा समितिको गठन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै त्यस अवसरमा नागर्जुन नपाकाकी उपमेयर सुशीला अधिकारी,नागर्जुन वडा नं ५ सदस्य सुक्र लामा तथा स्थानीयको उपस्थिती रहेको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।