बिहिबार, बैशाख १३, २०८१

बविता र रोशनीले भनिन- निर्मला पन्त हत्या प्रकरणमा हामी निर्दोष छौ

काठमाडौ माघ १४, कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बविता र रोशनी बमले प्रस्तुत हत्याकाण्डमा आफूहरु निर्दोष भएको बताएकी छिन ।

राजधानीमा आज आयासजत पत्रकार सम्मेलनमा बमदिदीबहिनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा प्रताडित भएको बताउँदै एकातर्फ मानसिक तनावको साथै अर्को तर्फ चरित्र समेत हत्या भएको बताएकी छिन । यहाँसम्की आफ्हरु विद्यालय जान समेत नसकेको बताइन ।

साथै बम दिदि बहिनीले साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको बताउँदै अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन सरकारसँग माग समेत गरकी छिन ।

त्यस्तै पत्रकार सम्मेलनमा बम दिदीबहिनीका आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दाबी गर्नुभयो । उहाँले मानव अधिकारकर्मीले गलत प्रतिवेदन दिएको बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174