बिहिबार, बैशाख १३, २०८१

प्राचीन स्मारक काष्ठमण्डपको आगामी असारसम्ममा पहिलो तल्लाको कार्य सम्पन्न हुँने : पुननिर्माण समिति

५ करोड ५० लाख रुपैयाँमध्ये  १ करोड २२ लाख रुपैयाँ खर्च

काठमाडौं माघ १०,  १२ औं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएको थियो । यद्यपी भग्नावशेषमा परिणत पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डपको पुनःनिर्माणका लागि विभिन्न आरोह अवरोह पार गर्दै प्रदेश सभा सदस्य राजेश शाक्यको संयोजकत्वमा गठित समितिले मिति २०७५ बैशाख ३१ गते क्षमापूजा गर्दै विधिवत पुनःनिर्माणको कायारम्भ सुरु गर्दै मण्डपको स्वरुप, शैली र संरचना पुरातात्विक प्रारुपमा निर्माणको थालनी गरेको हो ।

पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा १६ सदस्यीय निर्देशक समिति त्यस्तै गरि प्राडा प्रेमनाथा मास्के सहितको ७ सदस्यीय विज्ञ समिति, काठमाडौं निर्वाचन क्षेत्र न क्रमस ६,७,८र ९ वाट निर्वाचित संघीय सदस्यका सदस्य त्यस्तै प्रदेश सभाका सदस्य समेतको सल्लाहकार समिति र संस्कृतिविद सत्यमोहन जोशी ,दुर्गालाल श्रेष्ठ सहित २९ सदस्यीय संरक्षक समुह संगै प्रदेश सासंद शाक्यको अध्यक्षतामा गठित ५५ सदस्यीय पुर्ननिर्माण समित आ आफ्नो तह र तप्काबाट काष्ठमण्डप पुनःनिर्माणका लागि सक्रिय रहेको छ ।

त्यस्तै काष्ठमण्डप पुनःनिर्माणका लागि समितिलाइ महानगरले अहिलेसम्म ५ करोड ५०लाख रकम उपलब्ध गराइसकेको छ भने यसवीचमा समितिले गरेको कार्यसम्पादको समिक्षा गर्न मिति २०७५ भाद्र २९ गते बसेको समिक्षा बैठकमा काष्ठमण्डप पुनःनिर्माणको गतिलाइ तत्काल तिव्रता दिन र यसअघि काठमाडौ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिवीच भएको सहमति अनुरुपको कार्य सम्पादनको जानकारी दिदै समितिको तर्फबाट अध्यक्ष एवम् प्रदेश सासंद राजेश शाक्यले मंसिर १५ गते जगको काम औपचारिक कार्यारम्भ गर्दै माघको १५ गते भित्र पहिलो तलाका थाम उभ्याउने र २०७६ असार मसान्तभित्र पहिलो तलाको पुननिर्माण सम्पन्न गर्ने रोडम्याप प्रस्तुत गर्नु भएको थियो ।

यसै प्रसंगमा समितिको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पुनःनिर्माण समितका अध्यक्ष शाक्यले पुननिर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेको बताउँदै पुननिर्माण समितिले २०७६ सालको असार मसान्तसम्ममा पहिलो तला सम्मको काम पूरा गर्ने बताउनु भएको छ ।  त्यस्तै उहाँले महानगरबाट प्राप्त अनुदान रकम ५ करोड ५० लाख रुपैयाँमध्ये अहिलेसम्ममा १ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै महानगरको वडा २३ का अध्यक्ष मजाराजा महर्जनले अमानतमा काम गर्दा स्थानीयले सम्पदा पुननिर्माणमा अपनत्व बोध गरेको बताउँदै यस प्रकारको ढाँचाबाट रानी पोखरीको पनि पुननिर्माण सम्भव रहेको धारणा राख्नुभएको थियो ।  त्यस्तै पत्रकार सम्मेलनमा हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मी संस्कृतिविद् प्रा.सुदर्शनराज तिवारी लगायतले पनि पुननिर्माणको सवालमा थप जानकारी दिनु भएको थियो ।

साथै पत्रकार सम्मेलनमा समितिले काष्ठमण्डपको गारोमा प्रयोग भएको माटोको परीक्षण आवश्यक काठको व्यवस्थापन र काष्ठमण्डपको मूल थाम, निदाल तथा अन्य थामहरुको लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको जानकारी दिदै माघ १५ गते सम्ममा काष्ठमण्डपका मुख्य चार वटा थाम उठाउने लक्ष्य छ । आउँदो असारसम्ममा पहिलो तल्ला सम्मको काम सम्पन्न गर्ने समितिको लक्ष्य रहेको जानकरी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

 

काष्ठमण्डप पुननिर्माण समितिलाइ महानगरद्दारा थप ५ करोड हस्तान्तरण

काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डपको मंसिर १५ गते जगको औपचारिक कार्यारम्भ गरिने

 

काठमाडौंको परिचायक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको कार्य निर्धारित समयसिमा भित्रै : पुनःनिर्माण समितिका अध्यक्ष शाक्य