शनिबार, बैशाख ८, २०८१

पूर्वयुवराज पारस शाहलाई हृदयाघात ,अवस्था खतरामुक्त

काठमाडौं माघ १४, पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएको खवर प्राप्त भएको छ । आज ललितपुरस्थित शिव–पार्वती मन्दिर र हिरन्यवर्ण महाविहारको दर्शन गरेर निवासमा फर्केर्ने क्रममा यस्तो समस्या देखिएको  बताईएको छ । पारसलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । यसअघिपनि पूर्वयुवराज पारसको मुटुको उपचार गरिएको थियो ।

छातीमा अचानक समस्या देखिएपछि आज अपराह्न साढे ४ बजेको समयमा पूर्वयुवराज शाहलाई नर्भिक अस्पताल लगिएको थियो । प्राप्त जानकारी अनुसार उनको अहिले डा.यादवदेव भट्टसहितको टिमले उनको उपचार गरिरहेको बताईएको छ ।

अस्पतालस्रोतका अनुसार पूर्वयुवराज शाहको उपचारको क्रममा  कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्बमा देखिएको समस्या खोलिएको र उनी खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।