शुक्रबार, चैत्र १६, २०८०

पुर्नस्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि खाद्यान सहयोग

पाँचखाल माघ १४ , खरेलथोक स्थित बौद्विक अपांग पुर्नस्थापना केन्दमा आश्रित बालबालिकाका लागि खाने अन्न सकिएपछि विभिन्न क्षेत्रबाट खाद्यान्न सहयोग गरिएको छ । काठमांडौं स्थित नेवा : पुचकोको समन्वयमा बौद्विक अपांग पुर्नस्थापना केन्द खरेलथोकमा पुगेरै त्यहाँ आश्रित आपांग बालबालिकालाई सहयोग उपलब्ध गराएको हो । त्यसक्रममा १० बोरा चामलसहित दाल, नून, तेल, मसलालगायत खाद्यान्न सहयोग गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

हैंड इन हैंड का सदस्य तथा कार्यक्रम संयोजक अर्बिंन माकाजुले केन्द्रमा आएर हेर्दा खाद्यान्न सकिएको जानकारी पाएपछि यस ग्रुपका सदस्य तथा अन्य साथीसंग समन्वय भएर पैसा संकलन गरेर यसरी खाद्यान्न सहयोग गरिएको बताए । त्यस्तै  राजधानी कमलपोखरीस्थित कमल स्कूल, खुसीबुं स्थित    child right protection center nepal, twin otter, कपन र धूलिखेल स्थित help nepal network,खोटाँगमा श्री सरसवती आदरभूत बिद्यालय मा पुस्तकलाय स्थापना लगाएत धेरै ठाउमा साना ठुला सहयोग गरेको जानकारी ,खोटाँङ्गमा श्री सरसवती आदरभूत बिद्यालयमा पुस्तकलाय स्थापना लगाएत धेरै ठाउमा साना ठुला सहयोग गरेको जानकारी दिएका छन ।

बौद्विक अपांग पुर्नस्थापना केन्द्रका अध्यक्ष सुधा सिलवालले चामल सकिएर बालबालिका भोगभोकै बस्ने अवस्था आएका बेला सहयोग भएको खाद्यान्नले ठूलो राहत मिलेको बताए ।कार्यक्रममा प्राय सबै फेसबुक समूहको संयोजकत्वमा हुने गरेको नेवा पुचका अध्यक्ष किशोरलाल जोसीले जानकारी दिएका छन । त्यस्तै अध्यक्ष जोशीले समस्यामा परेकालाई सहयोग गर्न पाउँनु  पुचको लागि गौरवको विषय भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174