शुक्रबार, बैशाख १४, २०८१

पुँजिबजार संघको अध्यक्षमा संरक्षणा

काठमाडौं माघ ६, शनिवार राजधानीमा नेपाल पुँजिबजार संघको अध्यक्ष तथा संचालक सदस्यको सम्मान सहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरएको छ ।

बिबेकशिल पार्टीका केन्द्रीय सदस्यद्दय मिलन पाण्डे र दिपेन्द्र अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पुँजिबजारको अवसर चुनौतीक सवालम विचारमन्थन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा युवा लगानीकर्ता समेत रहकी समितिका अध्यक्ष  संरक्षणा चौधरीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष, महासचिव , सचिव र कोषाध्यक्षमा क्रमस दुर्गा काफ्ले, सन्जिव शाही विशाल कडरिया र सङ्गिता सुवेदी रहनु भएको छ । त्यस्तै  सदस्यमा सरोज पुरी ,कन्चन लामा र पवन यादव रहेका छन भने समितिको , प्रमुख सल्लाहकारमा संघका पुर्व अध्यक्ष नवराज सुवेदी र राजन श्रेष्ठ रहनु भएको
छ ।

समितिको पहिलो उद्देश्य भनेको शेयर सम्बन्धि जनचेतना अभिवुद्धि गर्नु गराउँनु रहेको जानकारी दिदै समितिले आफ्नो लक्षित पहिलो कार्यक्रम धादिङमा गर्ने प्रारम्भिक तयारी भएको समितिका महासचिव सन्जिव शाहिले दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174