शुक्रबार, चैत्र १६, २०८०

पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विवेकशील साझा विभाजित

काठमाडौं पुस २७, २०७४ साल साउनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकाकर हुँदै अस्तित्वमा आएको विवेकशील साझा पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विभाजित भएको छ ।

सहसंयोजकमध्ये उज्ज्वल थापाले पार्टी नेता रविन्द्र मिश्रले एकलौटीरुपमा पार्टी सञ्चालन गर्ने मानसिकता बनाएको आरोप सहित निर्वाचन आयोगमा विवेकशील नेपाली दल’ नामको नयाँ दल दर्ताका लागि ४२ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आज आवेदन दिएसंगै विभाजनको रेखाले थप गति लिएको हो ।

त्यस्तै प्रदेश नम्बर–३ को प्रदेशसभामा सो पार्टीका तर्फबट ३ जना सांसद रहेकामा विराजभक्त श्रेष्ठ र रमेश पौडेल नयाँ पार्टीतिर लागेका छन् भने शोभा शाक्य पुरानै पार्टीमा रहेको जानकारी प्राप्त भएको छ । त्यस्तै हस्ताक्षर प्रमाणित गरेर दल दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।