बुधबार, बैशाख १२, २०८१

पर्यटन,कृषि,शिक्षा र पुर्वाधार सूर्यविनायकको समृद्धिको मूल आधार :मेयर थापा

भक्तपुर माघ ५/ राम चन्द्र प्रजापति,  पर्यटन,कृषि,शिक्षा र पुर्वाधार सूर्यविनायकको समृद्धि मूल आधार भन्ने मुलमन्त्रको उदघोष सहित सूर्यविनायक नगरपालिकाको चौथो नगर सभाले अख्तियार गर्ने रणनिती तयर गरेको नगरपालिकाका मेयर वाुदेव थापाले बताउँनु भएको छ ।

नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तेस्रो नगर सभाले चालू आर्थिक वर्षका लागि कुल ७६करोड ४५ लाख २७ हजार बजेट अनुमान पेश गरेकोमा हाल सम्म पूजीगत तर्फ ३ करोड ९१ लाख ६८ हजार खर्च भएको र चालू खर्च १२ करोड २ लाख ८६ हजार खर्च भइ करिव ५० प्रतिशत भन्दा बढी प्रगति भएको जानकारी दिईएको छ ।  त्यस्तै आन्तरिक राजश्वतर्फ १२ करोड १० लाख अनुमान गरेकोमा ५५ प्रतिशत भन्दा बढी राजश्व असुली भएको पनि त्यस अवसरमा जानकारी दिईएको छ ।

यसवीचमा सुर्यविनायक नगरपालिकाले पूर्वाधार विकासदृखि शिव सर्किट मार्ग र सामाजिक विकास ,आधारभूत स्वास्थ्य ,महिला बालबालिका तथा जेष्ठ नागरिक ,कृषि ,पर्यटन शिक्षा ,सहकारी ,हरियाली वातावरण ,विपद व्यवस्थापन लगाएतका कार्यक्रम सचालन गर्दै आएको पत्रकार सम्मेलनमा मेयर थापाले जानकारी दिनु भएको छ ।  पत्रकारहरुको प्रश्नको जवाफ सम्बन्धित उपमेयर जुना वस्नेत,पूर्वाधार विकास समिति संयोजक तथा ७ नं वडा अध्यक्ष रविन्द्र सापकोटा, सामाजिक समिति संयोजक एवं वडा न ८ का वडा अध्यक्ष किरण थापाले दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174