बिहिबार, चैत्र १५, २०८०

पत्रकार सम्मेलन मार्फत मन्त्री अधिकारीले भने- वाइडबडी विमान खरीद प्रकरणमा आफ्नो संलग्नता छैन

दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्ने मन्त्री अधिकारीको जिकिर

काठमाडौं पुस २३ , वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाइड बडी जहाज खरिद अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी प्रस्तुत गर्नु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले संसदीय समितिको भूमिकालाई सम्मान गर्दै प्रस्तुत प्रकरणको स्वतन्त्र छानविनको लागि आफ्नो तर्फबाट हरसंभव सहयोग हुने बताउँदै आफुमाथि लागेको कपोकल्पित आरोपको खण्डण एवम् बचाउ गर्दै वाइड बडी खरिदमा निगमद्वारा आह्वान गरिएको बोलपत्रमा कानुनी त्रुटी नभएको बताए ।

साथै दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्ने जिकिर सहित पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा नेवानीको टाट पल्टिने संभावनाबाट निकास दिन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको सहजी जवाफ दिदै ‘मैले दोस्रो र तेस्रो किस्ता नतिरेको हो भने निगमको ९ अर्ब जोखिममा पथ्र्यो मन्त्री अधिकारीले भने। समग्रमा पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विमान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएका छन ।

यसैवीच मन्त्री अधिकारीको प्रस्तुत खण्डण सहितको प्रष्टाक्तिसंगै संसदीय लेखा समितिलाइ थप चुनौती सिर्जना भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।