बिहिबार, चैत्र १५, २०८०

पत्रकार चालिसेको निधन, महासंघ स्तब्ध

काठमाडौं माघ ८,   नेपाल पत्रकार महासंघका सदस्य पत्रकार रमेश चालिसेको सडक दुर्घटनामा परी सोमवार दु खद निधन भएको छ ।लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका चालिसेको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी पत्रकार गुमाउनु परेको दुःखद् निधनको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको महासचिव रमेश विष्टद्दारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघले स्वर्गीय पत्रकार चालिसेप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

यसैवीच पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि पत्रकार चालिसेको निधनप्रति दु :ख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174