बिहिबार, बैशाख १३, २०८१

पत्रकार कुलुङको निधन, महासंघद्दारा शोक व्यक्त

काठमाडौ पुस २२, पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको ४८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानी दैनिकका वरिष्ठ उपसम्पादक एवम् पत्रकार महासंघ काठमाडौं  शाखा सदस्य समेत रहेका राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा उपचारका क्रममा निधन भएको हो । मधुमेह र उच्च उक्तचापबाट पीडित राईलाई केही दिनयता ज्वरोले च्यापेपछि शनिबार उपचारका लागि सो अस्पताल लागिएको थियो ।

श्रीमती र एक छोरा छन् । उहाँको कुलुङ संस्कृतिअनुसार सोमबार अन्त्येष्टि गरिने जनाइएको छ ।

यसैवीच नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, उपत्यका प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार कुलुङको ४८ वर्षको उमेरमा आज भएको असामयिक निधनप्रति दुख व्यक्त गरेको छ।

महासंघद्दारा जारी विज्ञप्तिमा लामो सयमदेखि पत्रकारितामा सक्रिय रहदै हाल राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्यूरो प्रमुखको रुपमा कार्यरत पत्रकार कुलुङको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको उल्लेख गरिएको छ ।

त्यस्तै महासंघद्दारा जारीविज्ञप्तिमा स्वर्गीय कुलुङप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै सहित समवेदना व्यक्त गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।