शुक्रबार, बैशाख ७, २०८१

पत्रकारमाथि प्रहरीको ज्यादती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप : महासंघ

प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउँ  

काठमाडौं माघ १३ , नेपाल पत्रकार महासंघले स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा आज दिउँसो भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिँदै गर्दा प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै तस्बिर तथा भिडियो खिच्दै गरेका हिमशिखर टेलिभिजनका विनोद कटवाललाइ हातपात गर्दै लात्ताले हानेर धकेला थिए भने नयाँ पत्रिका दैनिकका अमुल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जिकिर गर्दै प्रहरीबाट भएको यस्ता ज्यादतीले पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ । त्यस्तै महासंघले प्रहरीद्वारा गरिएको यस मिसिमको घटनाको कडा भत्र्सना गर्दै प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु