बुधबार, बैशाख ५, २०८१

पञ्चायतकालीन अञ्चलाधीश बनाउन खोजिएको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले दिए यस्तो चेतावनी

काठमाडौ माघ १२,  प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको नेपाल प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक फिर्ता नलिए सडक संघर्षमा जाने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले विधेयक संविधानविरोधी भएकाले फिर्ता नलिए सडक संघर्षका साथै अदालतमा मुद्दा हाल्ने चेतावनी दिए ।

प्रदेशलाई एउटा विकास युनिटकारुपमा राख्न खोजिएको भन्दै मुख्यमन्त्री राउतले यी दुई विधेयकले प्रमुख जिल्ला अधिकारीलाई पञ्चायतकालीन अञ्चलाधीश बनाउन खोजिएको टिप्पणी गरे । प्रहरी परिचालनदेखि शान्ति–सुरक्षाको जम्मै अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्थाले प्रदेश सरकारलाई अधिकारविहीन बनाउने उनको भनाइ थियो ।

मुख्यमन्त्री राउतले प्रदेशभित्र संघीय सरकारले समानान्तर शासन सन्चालन गर्न खोजेको आरोप पनि लगाए ।उनले संविधानको भावनाविपरीत संघीयतालाई नै समाप्त पार्ने विधेयकले संघ र प्रदेशबीच द्वन्द्व फैलाउने बताए । संविधानको अनुसूचीमै आफूहरुको क्षेत्राधिकार बाँडिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सोही क्षेत्राधिकारभित्र रहेर संघीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने स्पस्ट पारे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु