बुधबार, बैशाख १२, २०८१

नेकपाका वरिष्ठ नेता नेपालले भने -सरकारसंग प्रतिपक्षी दल काँग्रेस अत्तालिए

समय समाज राष्ट्रिय साप्ताहिकको १४ औं बर्ष प्रवेशको अवसरमा निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका सञ्चारकर्मी सम्मानीत

रामचन्द्र प्रजापति  / भक्तपुर माघ २,   नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको अवधारणालाइ व्यवाहरमुखि बनाउनु पर्ने बताउनुभएको छ ।  त्यस्तै नेता नेपालले सम्बोधनको क्रममा सरकारसंग प्रतिपक्ष अतालिएको ,जनाउ दिदै सरकारका हरेक क्रियाकलापमा भाँजो हाल्न थालेको आरोप समेत लगाउँदै सञ्चार जगतबाट यस किसिमको कामको भण्डाफोर हुनुपर्ने जनाउ दिनु भएको छ । 

त्यस्तै कार्यक्रममा अर्का वक्ता एवम पूर्व उद्योग मन्त्री महेश बस्नेतले भक्तपुरलाई विकासको लहर ल्याउन भक्तपुरका पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा गोविन्द केसीको माग, वाइड बडीजस्ता विषयमा जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गर्दै समाजलाई सहि मार्गमा लैजाने किसिमका र सूचना प्रवाह गर्न संचारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताउँदै पत्रकारहरुले सत्य तथ्थमा समाचार लेख्न चुक्न नहुँने बताउँदैउनु भएको उक्त कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।

समय समाज राष्ट्रिय साप्ताहिक प्रकाशन प्रा लिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको संचालन पत्रिकाका सम्पादक सोम शर्मा बजगाई र धन्यवाद ज्ञापन प्रकाशन प्रा लिका राजुराम मुनकर्मीले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174