शुक्रबार, चैत्र १६, २०८०

डा केसीले भने- सरकारले सहमति विपरित प्रदर्शन गरेको जनविरोधी रवैया विरुद्ध आफ्नो अनशन जारी रहन्छ

(फाइल फोटो)

काठमाडौं माघ ११ , विगत १७ दिनदेखि आमरण अनशनमा रहेका डा। गोविन्द केसीले सरकारले आफुसंग गरेको सहमतिको मसी सुक्न नपाउँदै प्रदर्शन गरेको एकलौटी चरित्रको विरोध गर्दै आफ्ना माग पूरा नभएसम्म आफ्नो अनशन जारी रहने बताउँनु भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारर्ले एकलौटी ढङ्गबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रस्तुत विधेयकमा सरकारले आफुसंग गरेको सहमति विपरितका रवैया प्रस्तुत गरेको डा केसीले आजै अपरान्ह पत्रकार सम्मेलनको आयोजना गदै सरकारको रवैया जनविरोधी भएको जिकिर सहित यस्तो अडान अभिव्यक्त गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा डा। केसीका सहयोगी जीवन क्षेत्रीले भने प्रम ओलीले सहमति तोड्दै जुन व्यवाहार गरेको त्यो व्यवाहारको विश्लेषण गर्ने हो भने प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग डा केसीको रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174