बुधबार, बैशाख १२, २०८१

डा.केसीको मागप्रति राष्ट्रिय आवासीय चिकित्सक संघको ऐक्यवद्धता

काठमाडौं माघ ६,  राष्ट्रिय आवासीय चिकित्सक संघले डा.गोविन्द केसीको जारी १६ श्रृखलाको आन्दोलन अन्र्तगतका मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा सुमित पाण्डे र सचिव डा विश्वराज तिमिल्सििनाले आज सयुक्तरुपमा विज्ञप्ति जारी गर्दै डा केसीले ‘स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहप्रति ऐक्यवद्धता जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा संघले आन्दोलनाक कार्यक्रम अन्र्तगत संघले डा केसीसँग यसअघि भएका सहमतिअनुसार चिकित्सा शिक्षा ऐन पारित गर्न र डा.केसीको मागप्रति गम्भीर भई उनको जीवन रक्षा गर्न अपिल गर्दै पहिलो चरणको कार्यक्रममा कालो पट्टी बाँधेर काम गर्ने विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै डा. केसीको अनसन तोडाउन सरकारले पहल नगरे थप आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174