बिहिबार, चैत्र १५, २०८०

डा. केसीको जीवन रक्षाका लागि आयोगद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौ माघ ८, राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १४ दिनदेखि अनशनरत डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी यसअघि गरेका सम्झौतालाई गम्भीरपूर्वक लिएर वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा  आयोग टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174