शुक्रबार, चैत्र १६, २०८०

डा केसीको अवस्था दिनानुदिन जटिल बन्दै, सरकार भने तैँ चुप मैँ चुपमा

(फाइल फोटो)

काठमाडौं माघ ६,  विगत ११ दिनदेखि आमरण अनसनमा रहेको डा। गोविन्द केसीको स्वास्थ्य दिनानुदिन जटिल बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छ ।

केसीको अवस्था अत्यन्त चिन्ताजनक रहेको र जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्ने बताएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याएर शिक्षण अस्पताल महाराजगञ्जको आईसीयु कक्षमा उपचार सुरु गरिएका डा. केसीको उपचारको क्रममा पन ब्लड प्रेसर घट्दै गएको छ । रगतमा सुगर र फस्फोरसको मात्रासमेत कम हुँदै गएपछि स्थिती जटिल बनेको बताईएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै यसअघि सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सहति कायम गरेको थियो । तर आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा। केसीले १६ औँ अनसनमा बस्नु भएको हो । यद्यपी उहाँको मागको सुनवाइ गर्न सरकारले कुनै पनि तदारुकता देखाएको अवस्था छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174