काठमाडौं पुस १७, नेपाली टोपी, हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका छैटौँ नेपाली टोपी दिवस आज मनाइएको छ । नेपाली पहिचानलाई विश्वमाझ स्थापित गर्ने प्रयासका रुपमा यो दिवस मनाउने गरिएको हो । दिवस मनाउँने क्रममा नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरुलाई ढाका टोपी लगाइ दिएर यो दिवस मनाएका छन
प्रतिष्ठानका पदाधिकारीले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भटराईलाई उनीहरुकै निवासमा पुगेर नेपाली टोपी लगाईदिएका थिए । त्यस अवसरमा सबै पूर्वप्रमहरुले समेत नेपाली टोपी प्रतिष्ठानको सदस्यलाई टोपी लगाई शुभकामना आदानप्रदान गरेका थिए ।
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष दाहालले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको दिवसको सफलताको कामना सहित प्रस्तुत अभियानमा आफ्नो पुर्ण साथ रहने बताए । त्यस्तै नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाले नेपालको साँस्कृतिक महत्व बोकेका यस्ता कार्यक्रमले नेपालीलाई एकताको सुत्रमा बाँध्ने बताए । त्यस्तै गरि पूर्वप्रधानमन्त्री नेपाल, झलनाथ खनाल र डा भटराइले पनि यस अभियानलाई सकारात्मक रुपमा लिदै अन्तर्राष्ट्रिय स्तरमा नेपालीकोे पहिचान जोगाउन अभियानले सहयोग पुग्ने बताए ।
अभियानलाई ब्यापक बनाउन गत वर्ष संस्थापक अभियन्ता डा.लेखनाथ काफ्ले, शंकर बन्जाडेलगायतको पहलमा गैर नाफामुलक नेपाली टोपी प्रतिष्ठान नामक संस्था गठन गरिएको छ । यस वर्ष टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको पहलमा ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् । प्रतिष्ठानले विश्वभरका नेपाली नागरिक एवं नेपाली मूलभाषीहरुले सर्वमान्य रुपमा प्रयोग गर्दै आएको नेपाली टोपीलाई सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय पहिचानको मान्यता प्रदान गर्ने गरि जनवरी १ लाई अन्तर्राकष्ट्रिय नेपाली टोपी दिवसको रुपमा स्थापित गराउन पहल गरि दिन नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्व प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- आज चैते दशैं, देवी दुर्गाको पूजा आराधना गरी मनाईंदैं
- मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै
- प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान