बिहिबार, चैत्र १५, २०८०

टुँडिखेल आसपासका ट्रि गार्ड हटाइए

काठमाडौं माघ ८,  काठमाडौंको टुँडिखेल वरिपरि हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका “ट्रि गार्ड” हटाइएका छन् । जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो ।

यस क्रममा पहिलो दिन ३५ वटा दोश्रो दिन ४४ र तेश्रो दिन ४६ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कामको शुरुवात् सुन्धाराबाट भएको थियो । त्यसपछि बायुसेवा निगम, बीर अस्पताल, रत्नपार्क, जमल, दरमागमारमार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेट हुँदै पुनः सुन्धारासम्मका बार हटाइएका हुन् । यस क्षेत्रमा अब करीव १५ वटा साना विरुवा छेकिएका बार मात्र बाँकी छन् । हटाइका ट्रि गार्डहरु टेकुमा राखिएका छन् । तिनीहरुलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

विरुवा हुर्किसकेकोले यी संरचनाको आवश्यकता भएन, त्यसैले हटाइएको जनाउ दिदै महानगरको कार्य सञ्चालन शाखाका प्रमुख मीन थापाले भने ट्रि गार्ड हुँदा त्यसमा जम्मा भएको फोहोर  सफा बनाउन सजिलो हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174