शुक्रबार, बैशाख १४, २०८१

टिचफर नेपाललाइ सनराइजको सहयोग

काठमाण्डौं पुस २३, सनराइज बैकले सामाजीक उत्तरदायित्व कार्यक्रम अन्र्तगत टिच फर नेपाल लाई संस्थागत सहयोग स्वरुप ५ लाख उपलब्ध गराएको छ ।

बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालका उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रस्तुत सहयोग गरेको उल्लेख गरिएको छ ।

टिच फर नेपालल गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयबाट स्नातकतह उत्तीर्ण नेपाली युवालाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत श्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो ।  त्यस अवसरमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी लगायतका अधिकारीको उपस्थिती रहेका थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।