बिहिबार, चैत्र १५, २०८०

चौधरीको सपथ विधिको शासनको उपहास, अर्का  निलम्बनमा परेका प्रदेश सासंद मनाङेको लागि वाटो खुल्यो : विश्लेषक

स्मरण रहोस:  राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै रेशम चौधरीलाई तत्काल सपथ खुवाउने वातावरण बनाउन सरकालाइ आग्रह गर्दै महतोले जनताबाट निवार्चित चौधरीलाई अहिलेसम्म संसदमा उपस्थित नगराउनु पनि विभेद भएको बताएका थिए ।  साथै महतोले जनयुद्धमा हजारौं मान्छे मारिएपनि प्रचण्ड र माओवादी नेताहरुलाई कुनै मुद्दा नलागेको तर, थारुले आन्दोलन गर्दा रेशम चौधरीलगायतलाई जेलमा राख्ने भन्दै नेकपाका अध्यक्ष समेत रहेको प्रचण्डलाइ दुई ढंगको व्यवहार नगर्न यदि यस्तै विभेदपूर्ण व्यवाहर जारी रहे सरकारको सवालमा सोच्न राजपा बाध्य हुँने चेतावनी दिएका थिए 

काठमाडौं पुस १९ , एक बालक र एसएसपीसहित ९ जनाको हत्या भएको २०७२ को कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भन्दै कैलाली जिल्ला अदालतको आदेश अनुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । चौधरीलाइ डिल्लीबजार कारागारबाट सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा शपथग्रहण गराएसंगै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको लोगो लगाइदिएका थिए । त्यस अवसरमा राजपा नेपाल अध्यक्षमन्डलका नेताहरु सिंहदरबार पुगेका थिए ।

मुलुकमा सम्पन्न संघीय संसदको निर्वाचनको क्रममा राजपको तर्फबाट भूमिगत अवस्थामानै चौधरी कैलाली क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यद्यपस् चौधरीमा थि लागेको अभियोगका कारण उनको आजको मिति सम्म सपथ हुन नसकेको पक्षलाइ उजागर गर्दै राजपाले सरकारलाइ चौधरीलाई शपथग्रहण गराउन दबाब दिँदै आएपनि राजपाको मागका सवालमा नजरअन्दाज गर्दै आएका सरकारले पछिल्लो समयमा सरकालाइ दिदै आएको समर्थन फिर्ता गर्नेसम्मको चेतावनी दिएपछि सुशासनको दुहाइ दिने नेकपा सरकारले आफ्नो साख जोगाउँन  मुद्धाको किनारा नलागे पनि आज चौधरीलाइ सपथ गराएको हो । शपथ पछि चौधरीलाई फेरि डिल्लीबजार कारागार लगिएको
र चौधरीले शपथ लिएपनि उनले संसदको बैठकमा भने भाग लिन नपाउने र निलम्बित सांसदकारुपमा रहने सरकारी अधिकारीहरुले बताए ।

तर विधिको शासनको उपहास गर्दै सरकारले हत्याको अभियोग सहित अदालतले पुर्पक्षका लागि थुनामा राखेका व्यक्तिलाइ संसद जस्तो गरिमामय पदको सपथ गराउँदै नराम्रो नजिर स्थापना गरेको राजनैतिक विश्लेषकको अभिमत रहेको छ । यद्यपी साथै ति विश्लेषकका अनसाार अव सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएसंगै प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुँदा हुँदैपनि सांसद पद स्वतः निलम्बनमा परेका मनाङेको लागि पनि वाटो खुलेको बताएका छन । त्यसो त सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन समेत दिइसकेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।