शनिबार, बैशाख ८, २०८१

चिकित्सा शिक्षा विधेयकमा जबरजस्त गर्न खोजे संसद् बैठक अवरुद्ध गर्ने काँग्रेसको चेतावनी

काठमाडौं माघ ७,  आज बस्ने प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच सरकारले विधेयक पेस गर्न तयारी गरेसंग आजको बैठकमा टकरावको पनि प्रवल संभावना रहेको बताइएकोछ ।

यसैवीच चिकित्सा शिक्षा विधेयकको सवालमा सरकारले आफ्संग गरेको सहमति ववपरित विधेयक ल्याइएको भन्दै १६ औपटक आमरण अनसनमा बस्नु भएको डा। गोविन्द केसीको अवस्था दिनानुदिन जटिल बन्दै जाँदा पनि उहाँले उठाएका माग सम्बोधन गर्न सरकार किमार्थ तयार देखिएको छैन । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलेभने यसअभि डा केसीसंग भएको सहमतिको कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस्तै काँगैसले आजको बैठकमा  गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषयको उठान सहितसरकारले जबरजस्त विधेयक अघि बढाए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी यसअघिनै दिइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174