शुक्रबार, चैत्र १६, २०८०

घुस लिएको अभियोगमा ललितपुर मालपोतका नासु राजभण्डारी र निजका सहयोगी शाक्य पक्राउ

काठमाडौ माघ ६, ललितपुर मालपोत कार्यालयका नासु कुमारबहादुर राजभण्डारी र निजका सहयोगी बाबुराजा शाक्य रु छ हजार घुस लिँदालिँदै रङ्गेहात कार्यकक्षबाटै पक्राउ परेका छन । नासु भण्डारी र उनका सहयोगी शाक्यलाइ सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका क्रममा घुल सलएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

आयोगका अनुसार एक नायब सुब्बा गरिएको हो । पक्राउ परेका आरोपीद्दय माथि आवश्यक कारवाही सुरु गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार भन्सार छली गर्दै अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने भारत बहराइचका विजय चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार निज चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174