बिहिबार, चैत्र १५, २०८०

ग्यास सिलिण्डर पड्किँदा तामाङ्गको मृत्यु , शिशु मार्ने आमा पक्राउ

काठमाडौ माघ २, काठमाडौँको गोङ्गबुस्थित स्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा ग्यास सिलिण्डर पड्किँदा उद्योगमा काम गर्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा भएको उक्त विस्फोटमा परि घाइते भएका तामाङ्गको उपचारको क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त दुर्घटनामा परि घाइते भएका उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेलको बयोधा अस्पतालमा उपचार भैरहेको जनाउँदै दुर्घटनाको सवालमा अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जनाएको छ ।
यसवीच आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौ महाबौद्धस्थित  कोठामा  माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।  नवजात शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174