मङ्लबार, बैशाख ११, २०८१

कालिन्चोकको कुरिमा स्की प्रदर्शन

काठमाडौं पुस २५ , दोलखा जिल्लाको कालिन्चोक कुरिमा स्की खेलको प्रदर्शन गरिएको छ ।

स्की एण्ड स्नो बोर्डिंग फाउन्डेसनको आयोजनामा दोलखा जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकमा स्की खेलको सम्भावना पहिल्याउन उत्सव पाठक ,सुरज काफ्ले लगायतका स्थानीय युवाको सक्रियतामा सो प्रदर्शनको आयोजना गरिएको हो ।  नेपालका विभिन्न स्थानमा स्की खेलको सम्भावना खोज्ने क्रममा कालिन्चोकलाई पनि सम्भाव्य स्थानको रुपमा विकास गर्नका लागि सो प्रदर्शन आयोजना गरिएको संघले जनाएको छ।

प्रदर्शनको क्रममा दक्षिण एसियाली ओलम्पिक कमिटिका अध्यक्ष एवम नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ ,उपाध्यक्ष माधव अर्याल ,महासचिव विजय श्रेष्ठ ,कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेका थिए ।

साथै त्यसस्थानमा स्कीको प्रदर्शनपछि सामाग्री तान्ने पुलिंग रोपको व्यवस्था गरिएको छ भने अन्य पूर्वाधारको विकासको पहल गर्ने प्रयास पनि भैरहेको आयोजकले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।