शनिबार, बैशाख ८, २०८१

कमरेड विष्णु !

-वैरागी जेठा-

रावीको किनारमा उभिएर
कमरेड विष्णुलाई लेख्दै छु
फुर्के घाँसमा चिठ्ठी ।
एकाएक तरल हुन्छ
मैले समाएको फुर्के घाँस
जुनी वित्छ ,लडाईँका मैदानमा
उनी हिँडिरहेछिन् अझै
युद्धको चुचुरामा पुग्न
हिमाल जस्तै पग्लिएका छन्
उनका आँखाहरु !
रावीकै छातीबाट देखिने
अग्ला अग्ला पर्वतहरु
हाम्रै हुन् भन्छिन्
कमरेड विष्णु !
समुद्रको आँधी जस्तै उठ्छ
मनका छालहरु
विचौरकी चरीहुन् यिनी
अनेक भाका गाउँछिन्
सुगा भएर !
उनलाई विर्सन खोज्छु , तर
काव्यले विउँझाउँछ
जुरुक्क उठ्छु
फर्केर सिरानी हेर्छु
विष्णुको संग्रहसँगसँगै
विचारको मूल फुट्छ
मनका तरड.गहरु बग्न थाल्छ
कमरेडका वेदनासँगसँगै
उनका कर्तव्यहरु
कहीँकतै बिराएझैँ लाग्दैन
सम्झन्छु दुनै र खारा
सबै आफन्त गुमाएर पनि
विष्णु युद्ध लड्नु पर्छ भनिरहेछिन्
सिँहदरबार पसेका नायकहरु
युद्धको महत्वछैन भनिरहेछन्
उनका आँखाहरु
स्पातीमैदानमा आऊ भनिरहेछन्
दौँतरीहरु अवसरवादका झालमा पसेका छन् ।
कमरेड विष्णु !
हृदय लिएर जन्मेकाहरु
आऊ युद्ध लडौँ भनिरहेछिन् ।