बिहिबार, चैत्र १५, २०८०

एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन २०१८ को ताज रिचालाइ

काठमाडौं पुस १७, एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन मेची २०१८ को उपाधी झापा मेचीनगरकी रिचा ढकालले जितेकी छिन् । डिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी मौनता प्रसाई र सेकेण्ड रनरअप कनकाईकी अंकिता उप्रेती भएको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भयो ।

नेपाली महिलाहरुको बर्तमान अवस्था बिषयमा आफ्ना सठिक कुरा राख्दै निर्णयक ध्यान रिचाले आफूतिर खिचेकी थिइन् । उपाधीसँगै बिजेता रिचाले ५० हजार नगद हात पारेकी छिन् । अष्ट्ेलिया, न्युजिल्यण्ड, जापान लगायतका देशमा नेपाली बिद्यार्थीलाई अध्ययनका लागि पठाउदै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरको टाइटल स्पोन्समा प्रतियोगिता सम्पन्न भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।