शनिबार, बैशाख ८, २०८१

उपत्यकाको न्यूनतम तापक्रम घट्संगै अत्याधिक चिसो महसुस

काठमाठौ माघ १६,  माघ महिनाको आधासमय वित्दै गर्दा आज काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै घटेसँगै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार मङ्गलबार काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन भएको जनाएको छ ।

त्यस्तै महाशाखाले आज पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहनेछ । शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।