शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाको न्युनतम तापक्रम २.९ डिग्री सेल्सियस मापनसंगै चिसो बढ्यो : महाशाखा

काठमाडौं पुस २९,  मौसम पूर्वानुमान महाशाखाको शनिवार ४.४ डिग्री सेल्सियस मापन भएको उपत्यकाको न्यूनतम तापक्रम आइतवार एकाएक झर्दै २ दशमलब ९ डिग्री सेल्सियस मापन भएको जनाएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको जनाएको छ ।

त्यस्तै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्णतया बद्ली भई केही क्षेत्रमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना औल्याउँदै महाशाखाले  सोमबार पूर्वी पहाडी भू–भागमा आंशिक बद्ली भई बाँकी भू–भागमा मौसम सफा रहनेछ । मङ्गलबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174