शुक्रबार, चैत्र १६, २०८०

आसन्न माघीपर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं पुस १८ , आसन्न माघे सङ्क्रान्ति अर्थात माघीपर्वको अवसरमा प्रदेश ५ सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले भनदै प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकबाटै नितिगत निर्णय सहित  माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै प्राप्त जानाकरी अनुसार त्यस अवसर प्रदेश मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिदै बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल कायम गर्ने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।