शनिबार, बैशाख ८, २०८१

आफुमा निहित शक्तिको सन्तुलन कायम गर्न नसक्दा सरकार बरालिएको नेता थापाको जिकिर

काठमाडौं पुस २४ , नेपाली काँग्रेसका नेता गगन थापाले काभ्रे कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै वर्तमान सरकारले आफुमा भएको शक्तिको सन्तुलन कायम गर्न नसक्दा बरालिएर जे मन लाग्यो त्यहि गर्दै जन अपेक्षको सम्बोधनमा उदासिन भएको आरोप लगाएका छन ।

त्यस्तै उहाँले सरकारले प्रष्ट दुरदृष्टि बनाउँन नसक्दा अनेकन समस्या सिर्जना हुनुको अलावा मुलकमा सरकारेका उपस्थित भएको आभास समेत जनता गर्न नसकेको बताउँदै सडक देखि सदनसम्म पनि सरकारले भैमको खेती गर्दै आएको बताए ।

सम्बोधनकै क्रममा नेता थापाले सदनमा सासंदले प्रधानमन्त्रीलाइ प्रश्न सोध्न पायँने अधिकारमा समेत निषेध गर्दै कस्तो वातावरण सिर्जना गर्न खोजेको हो बुझिनसक्नु सरकारको चरित्र भएको बताउँन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।