शुक्रबार, चैत्र १६, २०८०

अब अधिकारका लागि कसैले सहिद हुनु पर्देन : प्रम ओली

काठमाडौं माघ १६,  प्रधानमन्त्री केपी ओलीले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने धारणा अभिव्यक्त गर्नु भएको छ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रम ओली यस्तो अभिव्ययक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले लोकतन्त्रको संस्थागत जगलाई बलियो बनाएर सहिदको सपना पूरा गराउन कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिदै प्राकृतिक सम्पदाले भरिएको नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने योजनामा एकजुट हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले, भावी पुस्तालाई उन्नत नेपाल सुम्पन साझा संकल्पको खाँचो औल्याउँनु भएको छ । त्यस अवसरमा प्रम ओलीले ज्ञात अज्ञात सहिदको स्मरण गर्दै सहिद स्तम्भमा पुष्प हार चढाउनुभएको थियो । त्यस्तै नेपाली सेनाको टुकडीले सहिदहरुलाई सलामी अर्पण गनुृ भएको थियो ।

त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदको सपना कसैले बिर्सन नहुँनेमा जोड दिदै निर्वाचित प्रतिनिधिले राम्ररी काम गर्न नपाएपछि लोकतन्त्र कमजोर हुने बताउँदै निर्वाचित प्रतिनिधीलाइ निर्वादरुपमा काम गर्नुदिनुपर्ने बताउँनु भएको छ ।

यसअघि शान्तिबाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म -याली गरिएको थियो । ¥यालीमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसहित सरकारी उच्च अधिकारीको सहभागिता थियो ।

राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेवीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । फोटो: C.M भटटराइ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।