शुक्रबार, बैशाख १४, २०८१

अपरिपक्को ढंङ्गमा गरिएको मर्यादाक्रम निर्धारण प्रति आयोगको विमति

काठमाडौ माघ ३,  लोकसेवा आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ । आयोगको आज बसेको बैठकले मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्डविना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले गलत निर्णय भएको भन्दै विमति जनाएको हो

त्यस्तै आयोगद्वारा आज जारी विज्ञप्तिमा “संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको भन्दै मर्यादाक्रम प्रति अन्य निकायका बाट समेत असन्तनुष्ट अव्यिक्त भइरहेको अवस्थामा प्रस्तुत  निर्णय आफैमा अपरिपक्को सिद्ध भएको उल्लेख गरिएको छ ।

सातै विज्ञप्तिमा यसलाई संशोधन गरि साविकै सरहको संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखको लगत्तैपछि कायम गर्न आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174