बिहिबार, बैशाख १३, २०८१

DDA मा औषधि आयात लाइसेन्स नविकरणको चलखेल

 WHO र विभागको निर्देशिका विपरित रहेका  कम्पनीको अडिट रिपोर्ट आउँनु पूर्वनै आयात लाइसेन्स नविकरण गर्ने अन्तिम तयारी 

कसैको आर्थिक प्रभावमा नपरेको सरोकारवाला विभागीय प्रमुख क्षेत्रीको जनाउ

काठमाडौ पुस  ३ ,    मावन स्वास्थको रक्षाको लागि प्रयोग हुने औषधि र औषधि जन्य पदार्थको गुण्स्तरियता परिक्षण गर्दै औषधिमा हुने यावत विकृतिको नियमन सहित जनताको स्वस्थ्य गुणस्तरिय औषघि सेवन गर्न पाउँने नसैर्गिक अधिकारको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी वोकेका राज्य मातहतका नियमक निकाय औषधि व्यवस्था विभागका  जिम्मेवार  अधिकारीले नै आर्थिक प्रभावमा  पर्दै जनताको स्वास्थ्य संग खेलवाड गर्ने गरेको बुझिएको छ ।

विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार भारतको सञ्जीवनी प्यारन्टल नामका औषधि उत्पादन कम्पनीले उत्पादन गर्ने गरेको आइसियुका विरामीका लागि प्रयोग हुने लाइफ सेभिङ ड्रग्स इन्जेक्सनको उत्पादनको क्रममा डब्लुएचओको गाइड लाइन विपरित गम्भीर त्रुटी अर्थात सेफलस्पोरिन बेटाल्याक्टम कार्वापेनम ग्रुपका इन्जेक्सन एकै फ्याक्ल्टिमा उत्पादन गर्दै नेपाल आयात गर्ने गरेको र यसरी आयात गरिएको इन्जेक्सनको प्रयोगबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि कम्पनीको उत्पादन डब्लुएचओ जिमपी मापदण्ड र विभागको निेर्देशिका विपरित भएकै कारण इन्जेक्सन आयातमा रोक लगाउँदै इन्जेक्सन आयात गर्ने नेपालका आधिकारिक आयातकर्ता इन्जेक्सन नेपाल प्रालिको आयात लाइसेन्स नविकरण प्रक्रिया स्थगन गर्दै आएको बुझिएको छ ।

त्यस्तै विभागको यस कदमपछि उक्त कम्पनीको सवै कामकारवाही अवरुद्ध हुँदै जारी लाइसेन्स नै रद्ध हुने अवस्था सिर्जना भएपछि जे जसरी हुन्छ इन्जेक्सन नेपाल प्रालिले आफ्नो लाइसेन्स नविकरण गराउँने परिपञ्च बनाएको समाचार सूत्रको दावी रहेको छ । यसको लागि प्रालिले विभागमा आव ०७३ /०७४को अडिटको लागि आवेदन दिनुको अलावा विभागका केहि जिम्मेवार कर्मचारीलाइ आर्थिक प्रभावमा पार्दै आफ्नो कामकारवाही गर्दै आएको र प्रालिको आर्थिक लाभको प्रभावमा   परेका केहि नियमक निकायका जिम्मेवार कर्मचारीले लाइसेन्स नविकरणको लागि वातावरण बनाउँदै यो वा त्यो नाममा कम्पनीको अडिट रिपोर्ट आउँन बाँकी रहेपनि यसअघि मानव स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्ने भारतीय औषधि कम्पनी प्यारन्टलका नेपाल स्थित आधिकारिक आयातकर्ता इन्जेक्सन नेपाल प्रालिको स्थगन हुँदै आएको आयात लाइसेन्स नविकरण गर्ने अन्तिम तयारी गर्दै गरेको बुझिएको छ ।

त्यस्तै इन्जेक्सन नेपाल प्रालिका शेषकान्त सुवेदीकोतर्फबाट विगत केहि साता यतादेखि विभागमा हुँदै आएको चलखेलको परिणात्मक पेरिफेरिमा अन्तत विभागका वरिष्ठ औषधि व्यवस्थापक समेत रहेका औषधि दर्ता महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीमार्फत आफ्नो निहित स्वार्थ पूरा गर्न लागि परेको दावी सहित समाचार स्रोतले विभागका अन्य उच्चपदस्थ जिम्मेवार कर्मचारीसमेत लाइ गुमराहमा राख्दै इन्जेक्स नेपाल प्रालिले यहि महाशाखा मार्फत आफ्नो अस्तित्व जोगाउँन विगतका कालाकर्तुतको बचाउ गर्दै ठूलै आर्थिक मोलमोलाइ गरेको दावी गरेका छन ।

तर यस सम्बन्धमा हामीले विभागका वरिष्ठ औषधि व्यवस्थापक एवम् दर्ता महाशाखा  प्रमुख क्षेत्रीसंग टेलिफोन सम्पर्क गर्दै लाइसेन्स नविकरण प्रकरणको सवालमा बुझ्दा उहाँले विभागमा इन्जेक्सन नेपाल प्रालि लगायतका २२/२३ वटा पूराना कम्पनीले अडिटको लागि नविकरणको माग सहित आवेदन  गरेको जनाउ दिदै यसवीचमा गरिएको अडिटले ति र त्यस्ता कम्पनीको अवस्थाका सवालमा जे रिपोर्ट दिन्छ, त्यस किसिमका कारवाही विभागले अगाडि बढाउँने जिकिर गर्नुभएको छ ।

साथै उहाँले यदि अडिट रिपोर्ट  डब्लुएचओको मापदण्ड र विभागको निर्देशिका अनुरुप आएको छ भने स्वाभावीक रुपमा लाइसेन्स रिन्यू हुँने , तर त्यस विपरितका रिपोर्ट आएको अवस्थामा किमार्थ नविकरण नहुँने बताए । उहाँले भने जहाँसम्म आर्थिक प्रभावको प्रसंग छ त्यो आफु विरुद्धको कपोकल्पित प्रचार भएको जिकिर गर्दै आफु  सधै विधि र प्रक्रियाको पक्षपाति भएको कसैको आर्थिक प्रभाव, दवाव नपरेको बताए । 

यद्यपी समाचार स्रोतका अनुसार यसअघि ०७०/०७१ मा पनि गल्फा नामको यहि प्रकृतिको घटनामा विभागका जिम्मेवार अधिकारीले मनग्ने आर्थिक लाभ लिएको चर्चा अहिले विभाग परिसरमा रहेको पाइन्छ । त्यस कारण विभागको साखलाइ जोगाइ राख्न विभागका उपल्ला तहबाट यसको निगारानी आवश्यक रहेको देखिन्छ । कथम कदााचित जुन कम्पनीले सेफलस्पोरिन बेटाल्याक्टम कार्वापेनम ग्रुपका इन्जेक्सन एकै फ्याक्ल्टिमा उत्पादन गर्ने र उ यसरी उत्पादन गरिएको इन्जेक्सन आयात हुनु भनेको प्र्रत्यक्ष मानव स्वास्थ्यसंगको खेलवाड हो भन्ने बुझ्दा बुझ्दै पनि त्यस्ता औषधि होस वा इन्जेक्सन आयात गर्र्दै बजारमा विक्रिवितरणको वातावरण बनाउँन विभाग लागि पर्छ भने त्यसभित्र आर्थिक लाभ र प्रभावको गन्ध स्वाभाविक रहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।