शुक्रबार, चैत्र १६, २०८०

नरदेवी बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

सहकारीको अध्यक्षमा पुन महर्जन

काठमाडौ पुस १४ , नरदेवी बचत तथा ऋण सहकारी सस्थाले आज एक कार्यक्रमकावीच आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  सहकारी सदस्य भगवान शाक्यको स्वागत अभिव्यक्तिबाट शुरुउद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले साधारण सभालाइ सम्बोधन गर्दै सहकारी भन्ने वित्तिकै विस्वासको प्रसंग भएका कारण सहकारी प्रति सदस्यहरुले राख्दै आएको विस्वासलाइ किमार्थ गुमाउँन नहुनेमा जोड दिनु भएको छ ।  त्यस्तै उहाँले सहकारी र यसको मुल्य मान्यताको संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट गर्नु पर्ने आवश्यक सहयोग देखि अनुमगन सम्मको विषयमा आफ्नो अभिमत राख्दै सहकारीको सफलताको लागि शुकामना अभिव्यक्त गर्नु भएको छ ।

त्यस्तै पत्रकार महासंघका उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले शुभकामना अभिव्यक्ति दिदै  पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको सस्याका कारण सम्पन्न सन्तानका विपन्न अविभावक बन्नु पर्ने अवस्था सहकारीका लागि किमार्थ राम्रो पक्ष नभएको बताउँनु भएको छ ।

साधारणसभामा संस्थाका अधयक्ष सिद्धिनारायण महर्जनले वार्षि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको तर्फबाट संस्थाका उपाध्यक्ष पुष्पराज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तु गर्दै सहकारीको बचत निक्षेप तर्फ रु १४१, ११४, ४६४ र कर्जातर्फ रु १२४,०९८, ६७४ त्यस्तैगरि आम्दानी तर्फ रु  १९,८९६ ,०७१ र खर्चतर्फ  रु १७,०९६,६८७ रहेको जानकारी दिनु भएको छ ।

 साधारणसधाको दोस्रो सत्रमा आगामी ४ वर्षका लागि सिद्धिनारायण महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको जानकारी दिदै संस्थाका कानुनी सहजकर्ता रोशन महर्जनले नव निर्वार्चित पदाधिकारीहरुको नामावली घोषणा गर्नु भएको थियो ।

 निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा पुष्पराज शाक्य, सचिवमा चिनीकाजी डंगोल र कोषाध्यक्षमा नानीशोभा मुल्मी त्यस्तै गरि कार्य समिति सदस्यमा तारादेवी डंगोल र महेन्द्र महर्जन  लगायतका  निर्वाचित पदाधिकारीलाइ कामपा वडा न. २४ का अध्यक्ष वालकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको प्रस्तुत कार्यक्रम  संस्थाका सहयोगी   बालमुकुन्द मूल्मीले निकै आकर्षक ढंङ्गबाट सञ्चालन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।