शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिबाट दुःख व्यक्त

प्रम ओली र अध्यक्ष प्रचण्डद्दारा दुःख व्यक्त

काठमाडौं पुस ७, राष्ट्रपति विद्यादेवी भण्डारीले बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

त्यस्तै गरि नेकपाका  प्रम केपी ओलीले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज उहाँले आफ्नो ट्वीट सार्वजनिक गर्दै दुर्घटनामा निधन भएका शिक्षक तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गदै मृतकका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।  

अध्यक्ष प्रचण्डले दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले प्रेस वक्तव्य जारी गर्दै शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु