शुक्रबार, चैत्र १६, २०८०

स्वर्णपदक विजेता महेश्वर स्वदेश फिर्ता , संघका अध्यक्ष राजेशबाबुद्दारा रु ३ लाख रुपैया पुरस्कारको घोषणा

  • खेलाडीको मनोबल उच्च राख्नका लागि सम्मान आवश्यक रहेको जनाउ सहित शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठद्दारा महर्जनलाई रु ३ लाख रुपैया सहितको सम्मान प्रदान गर्ने घोषणा
  • राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाद्दारा महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गर्ने उद्घोष

काठमाडौ पुस १०,  नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा हालै सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप प्रतियोगितामा सहभागी हुँदै स्वर्ण पदक जित्न सफल प्रतियोगी महेश्वर महर्जनलाई रु ३ लाख रुपैया सहितको सम्मान
गर्ने घोषणा गरेको छ ।

एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख भएअनुसार सिङ्गो मुलुककको नाम उचो राख्न सफल मेधावी प्रतियोगि महेश्वरलाई सङ्घका तर्फबाट प्रस्तुत सम्मान प्रदान गरिने उल्लेख गरिएको छ ।  महर्जनले च्याम्पियनशिप अन्र्तगत पुरुष ७५ केजीमा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो ।

यसैवीच विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल बडि बिल्डर महेश्वर महर्जन आज स्वदेश फिर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका छन ।  त्यस अवसरमा महेश्वरको स्वागतका क्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रुपमा आफूले पुरस्कार घोषणा गरे पनि राज्यका अन्य सरोकारवाला निकाय प्रतिक्रियाविहिन हुँदा दुःख लागेको बताए ।

खेलाडीको मनोबल उच्च राख्नका लागि सम्मान आवश्यक हुन्छ । तर यहाँ सरोकारवाला निकाय मौन छन् । एउटा नेपाली खेलाडीले विश्व च्याम्पियनसिपमा पदक जित्नु भनेको सामान्य कुरा होइन,’ श्रेष्ठले थपे ‘म फेरी पनि राज्यका जिम्मेवार निकायका साथै अन्यसमक्ष महेश्वरलाई सम्मान गर्न आह्वान गर्न चाहन्छु भन्ने भिव्यक्ति दिदै गर्दा परिषदका उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने उद्घोष गर्नु भएको थियो भने पदक विजेता महर्जनले विदेशी भूमिमा सम्पन्न प्रतियोगितामा पदक जित्न पाउादा आफु अत्यन्त हर्षित भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।