मङ्लबार, बैशाख ११, २०८१

स्वर्णपदक विजेता महर्जनलाइ स-सम्मान नगरपरिक्रमा गराइयो

शुभतारा स्कुलद्दारा पनि रु ५० हजारसहित महर्जनलाइ गरे सम्मानीत  

काठमाडौं पुस १४ , थाइल्याण्डको चाङमइमा गएको मङ्सिर २५ ��ेखि पुस २ गतेसम्म भएको १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रच्न सफल महेश्वर महर्जनको सम्मानमा आज नगर परिक्रमा कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालको तर्फबाट सहभागी महेश्वर महर्जनले शारीरिक सुगठन मार्फत मुलकको लागि अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता दिलाएको खुसीयाली एवम् उनको सम्मानमा आज राजधानीमा उनको सम्मान नगरपरिक्रमा कार्यक्रमको आयोजन गरिएको हो ।

ज्यापु महागुथि काठमाडौं महानगर समितिको संयोजनमा भएको उक्त कार्यक्रममा विभिन्न संघसंगठनको उल्लेख सहभागिता रहेको थियो ।
यसैवीच स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले पनि आजै रु ५० हजारसहित सम्मानपत्रबाट  सम्मान गरेको छ । शुभताराको २० औँ वार्षिक खेलकूद दिवसका समापन अवसरमा महर्जनलाए सम्मान गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।