शुक्रबार, बैशाख ७, २०८१

सवारी चाप हटाउन सर्भिस ट्र्याक प्रभावकारी बन्ने सांसद बस्नेतको विस्वास

राम चन्द्र प्रजापति/ भक्तपुर मंसिर २४,  अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्यको आज एक कार्यक्रमकावीच सांसद महेश बस्नेतले शिलान्यास गर्नु भएको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हँुदै भक्तपुर र काभ्रेको सिमानाको साँगासम्म सर्भिस ट्र्याकको शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सासंद बस्नेतले साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्र्याक प्रभावकारी बन्ने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यस अवसरमा उहाँले प्रस्तावित सर्भिस ट्र्याक निर्माणकार्य १५ दिन भित्रमा सम्पन्न गर्न निर्देशन समेत दिदै मुआब्जाको ग्यारेन्टी पछिमात्रै २०३५ साल भन्दा अघि निर्माण गरिएका घर तथा टहरा तत्काल नहटाउन आग्रह गर्नु भएको छ । साथै आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्गलाई ८२ फिटको बनाउने कार्य प्रारम्भ गर्ने जानकारी दिदै राजमार्गमा अन्य आवश्यक सरसफाई, वातावरण सुन्दरताका कार्य समेत गर्न जापान सरकार सहमत भएको बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका क्रममा कुनै समस्या आए समाधान गर्न प्रशासन तयार रहेको तर निर्माण प्रकृयालाई अवरोध गरे आवश्यक कारवाही गरी अघि बढ्ने चेतावनी समेत दिनुभयो । कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा ,प्रदेश नं. ३ का सदस्य रजनी जोन्छे, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु