बिहिबार, बैशाख १३, २०८१

समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौ पुस १०, क्रिश्चियन समुदायको महान पर्व क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।  क्रिसमस डे’ का अवसरमा दिनुभएको उहाँले दिनु भएको शुभकामना सन्देशमा नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो भन्दै हाम्रा बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैवीच त्यस्तै गरि प्रधानमन्त्री केपी ओलीले क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले नेपाल बहुभाषिक तथा बहुधार्मिक देश भएको र नेपालको संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले ‘क्रिसमस डे’का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।