बुधबार, बैशाख १२, २०८१

सत्तारुढ दल नेककपाको प्रदेश सदस्यमा यसरी गरियो भागबन्डा

काठमाडौं मंसिर १७,  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका प्रदेश कमिटीमा रहनेहरुको नाम आज सार्वजनिक गरेको छ । सार्वजनिक नामावलीको टुंगो लगाउँने क्रममा पार्टी एकता हुनुपूर्वको अस्तित्व स्वीकार गर्दै नेकपा एमाले’ र ‘साविक माओवादी केन्द्रको आधारमा भागबन्डा मिलाइएको छ ।

जसअनुसार १ नम्बर प्रदेशमा एमालेबाट १२२ र माओवादी केन्द्रबाट ८५ रहेका छन् भने २ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट १०६ जना रहेका छन् । त्यस्तै ३ नम्बर प्रदेशमा एमालेबाट ११६ र साविक माओवादी केन्द्रबाट १०१ प्रदेश सदस्यको नामावली रहेको छ भने गन्डकी प्रदेश अर्थात ४ नम्बर प्रदेशमा एमालेबाट १०२ र साविक माओवादी केन्द्रबाट ८५ सदस्य रहेका छन् ।

यस्तै ५ नम्बर प्रदेशमा एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट ९७ रकर्णाली प्रदेशमा एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना तथा सुदूरपश्चिम प्रदेश कमिटीमा साविक एमालेबाट १०० र साविक माओवादी केन्द्रबाट ८३ जना सदस्य रहेको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।