बिहिबार, चैत्र १५, २०८०

वीरता जेसीजमा नयाँ नेतृत्व

बिर्तामोड पुस ३ , वीरता जेसीज सन् २०१९ का लागि अध्यक्ष पदमा विशाल थापा निर्विरोध निर्वाचित भएका छन् । आइतबार शुरु भएको वीरता जेसीजको ३८औं साधारण तथा अधिवेशन सोमबार राति नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जीवनकुमार खड्का र दिवाकललाल चौधरी, सहसचिवमा सञ्जिव घिमिरे चयन भएका छन् । उपाध्यक्षहरुमा टहलदास ओली, लोकचन्द्र श्रेष्ठ, पुकार बराल र मनोज साह चयन भएका छन् । जनसम्पर्क अधिकारीका युवराज कुँवर, प्रकरण निर्देशकमा अशोक चौधरी र तालिम संयोजकमा अमरजीत साह चयन भएका छन् ।

निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सञ्जु भारतीले सबै पदमा निर्विरोध नेतृत्व चयन भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा वीरता जेसीज सन् २०१८ का अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।  समितिको कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदमा अध्यक्षले पदहस्तान्तरण समारोहमा मनोनयन गर्ने व्यवस्था छ । वर्ष २०१८ को नेतृत्वले २०१९ को नेतृत्वलाई आगामी जनवरी पहिलो साता पद हस्तान्तरण गर्ने कार्यक्रम छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।