बिहिबार, चैत्र १५, २०८०

विवाह पञ्चमी पर्व अन्र्तगत आज मटकोर विधि मनाइदै

धनुषा मंसिर २५ ,  मर्यादा पुरुषोतम राम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा विवाह पञ्चमी पर्व अन्र्तगत मटकोर विधि मनाइदै छ ।  विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने परम्परा अनुसार तिल्कोत्सव भन्नाले उपहार आदानप्रदान कार्यक्रम हो । जसालाइ दहेज पनि भनिन्छ ।

त्यस्तै यस पर्वको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भइसकेको छ । मिथिलाको संस्कृतिअनुसार मटकोर विधि भन्नाले भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न जनकपुरधामस्थित गङ्गासागरबाट उत्खनन गरिएको पवित्र माटोबाट  विवाह यज्ञवेदी निर्माण गरिन्छ । त्यस्तै बेहुली पक्षबाट पनि मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ लुगा पहि¥याइ उक्त सागरमा स्नान गराइने गरिन्छ । त्यसअवसरमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी लोक भाकागीत गाउने परम्परा रहिआएको छ ।

त्यस्तै छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रमको आयोजना गरिने भएको छ । पर्वकै अवसरमा जनकपुरधामलाइ धुमधामका साथ सजाईएको छ ।विवाह पञ्चमीमा सहभागि हुन भोलि विहारका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै हुनुहुन्छ । सोही अवसरमा प्रदेश २ मा आज र भोली सार्वजनिक बिदा दिइएको छ । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान गरेसँगै सरकारले त्यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।