शुक्रबार, चैत्र १६, २०८०

विरताजेसिजका ३८औँ साधारणसभामा पत्रकार र जेसिजकर्मी सम्मानित

बिर्तामोड पुस १ ,  वीरता जेसिजले झापाको विर्तामोडमा आज आयाजित ३८औँ साधारणसभाका अवसरमा दुई वटा पुरस्कार वितरण गरेको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट ‘नयाँ पत्रिका’ दैनिकको झापा समाचारदाता समेत रहकी लक्ष्मी काफ्लेलाइ दीलकुमार स्मृति वीरता जेसिज सक्रिय पूर्वअध्यक्ष पुरस्कारबाट संस्थाका पूर्वअध्यक्ष विनोद बस्नेतलाई सम्मानित गरेका छन ।

दुवै पुरस्कारको राशि जनही रु १५ हजार ५०० रहेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । भद्रपुर जेसिजको भवन निर्माणका लागि वीरता जेसिजले रु ११ हजार ५०० सहयोग प्रदान गरेको छ । वीरता जेसिजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया पनि शुरु अध्यक्ष गिरीले जानकारी दिएका छन ।

साथै गोपालकुमार बस्नेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अक्षयकोषका दाता परिवार सावित्रा ढकाल, रेखा घिमिरे र लव घिमिरे त्यस्तै गरि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्णप्रसाद कोइराला र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई र सन् २०१८ मा वीरता जेसीजसँग विभिन्न कार्यक्रममा सहकार्य गर्ने संस्था, सहयोगी दाता, संयोजकको पदमा रहेर आफ्नै अगुवाईमा कार्यक्रम सम्पन्न गर्ने संयोजकहरु तथा दुर्घटना न्यूनीकरण महाअभियानमा सहयोग गर्ने व्यक्तिहरुलाइ पनि कदरपत्रद्वारा सम्मानित गरिएको थियो भने  सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर समेत हस्तान्तरण गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।