मङ्लबार, बैशाख ४, २०८१

वर्ष २०१७ को तुलनामा वर्ष १८ नेपाली प्रेसको लागि चुनौती पूर्ण : महासंघ

 काठमाडौं पुस १६, नेपाल पत्रकार महासंघले सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको जनाएको छ । महासंघको सञ्चार अनुगमन ईकाइले सन् २०१७ को तलनामा सन २०१८ मा तुलनात्मक रुपमा प्रेस स्वतन्त्रता हननका घटनामा कमी भए कानुनी रुपमा भने वर्ष २०१८ निकै चुनौती पूर्ण बनेको जनाएको छ ।

महासंघका अनुसार वर्ष २०१७मा ७३ वटा घटना हुँदै गर्दा वर्ष २०१८ मा ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भए पनि यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको जनाएको छ ।

त्यस्तै वर्ष २०१८ मा समाचारको विषयलाई लिएर १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो छ भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु-याइएका ६ वटा घटना रहेको महासंघले जनाएको छ । साथै पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटनासंगै महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का वेपत्ता भएका छन् ।

त्यसैगरी प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल हुँदा हुँदैपनि यो अवधिमा ६ जना पत्रकार पक्राउ गर्दै पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाउनुको अलावा  राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भिइआइपिको आगमनका क्रममा तथा संसदिय समितिको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिनुको अलावा जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुव्र्यवहार, धम्की र आक्रमण समेत भएको अभिलेख सार्वजनिक गर्दै महासंघले प्रेस स्वतन्त्रता विरोधी यी सबैखाले घटनाको कडा भत्र्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसंग माग गरेको छ ।

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना प्रदेश न.३ मा सवैभन्दा बढि :फ्रिडम फोरम

यसैवीच फ्रिडम फोरमले आजै सार्वजनिक गरेको प्रदेशस्तरिय डाटा अनुसार नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएको जनाएको छ । सार्वजनिक डाटामा वर्ष २०१८ प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना घटेको उल्लेख गर्दै फोरमले उक्त घटनाबाट २सय २३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।

त्यस्तै डाटामा सन् २०१३ मा ५९, २०१४ मा २७, २०१५ मा ८३, २०१६ मा २५ र २०१७ मा ६७ घटना भएको जनाउँदै प्रदेश न्. १ मा ५ प्रदेश न.२ मा १८ , प्रदेश न। ३ मा सबैभन्दा बढी प्रेस स्वतन्त्रता उल्लङ्घनका ३७ घटना , गण्डकी प्रदेशमा १२, प्रदेश न . ५ मा १२ , कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १२ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।