शनिबार, बैशाख ८, २०८१

लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालक श्रेष्ठको मृत्यु

 भक्तपुर मंसिर २०, भक्तपुरको लोकन्थलीमा गएराति भएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कुमार श्रेष्ठको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक बस्ते श्रेष्ठले हाँकेको बा९३प १४१९ नम्बरको मोटरसाइकले राति पौने १२ बजे नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किएको  जनाएको छ ।त्यस्तै मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैवीच महोत्तरीको जलेश्वर नगरपालिका–३ मा मालवाहक बसको ठक्करबाट गएराती मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार भारतीय नागरिक सोनु ठाकुर, उनकी श्रीमती चुनचुन देवी र भारतकै मेघनाथ ठाकुरको उपचार भइरहेको छ जनाउँदै बस भालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।