बिहिबार, बैशाख १३, २०८१

लागु औषध विरुद्धको अभियानमा युवाशक्तिको भूमिका महत्वपूर्ण : भक्तपुर प्रहरी प्रमुख श्रेष्ठ

रामचन्द्र प्रजापति /भक्तपुर मंसिर २७, लागु औषधको बढ्दो प्रयोग एवम् विक्रिी तिरणको अवस्थालाइ दृष्टिगत गर्दै आज भक्तपुरमा शान्ति सुरक्षा र लागू पदार्थ दुर्व्यसन विरुद्ध अभियानमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय कुमार श्रेष्ठले  लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको बताउदै बिशेष गरेर अहिले किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थी यसको लतमा फसेको अनुसन्धानको क्रममा देखिएको बताउँदैभविष्यका कर्णधार भनिएका किशोर किशोरी मात्र नभएर यूवा यूवती जानेर वा नजानेर लागु औषधको दलदलमा फस्दै गएको र लागु औषध प्राप्तिकै लागि उनिहरुले चोरी, , लुटपाट , हत्या बलात्कार जस्ता कुकर्म गर्ने गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले लागु ओषधका कारोबारीले अहिले आफ्नो व्यापार यूवा विद्यार्थी मार्फत संचालन गर्दै आईरहेको जिकिर गर्दै आफ्ना सन्तानको क्रियाकलापप्रति चनाखो हुन तमाम अभिभावकहरुलाइ आग्रह समेत गर्नु भएको छ । हुनत लागु औषध पयोग तथा यसको विक्रि वितरण अपराधिक कार्य हो भन्ने जनचेतना फैलाउँदै यसलाई नियन्त्रण गर्नुमा युवाको भुमिका महत्वपूर्ण रहने भन्दै उहाँले प्रहरी युवा शक्तिको सहकार्यबाट यस्ता कार्यको न्यूनिकरण गर्नु पर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राज कृष्ण गोराले लागु औषधको दुरुपयोग अफिमजन्य औषधी अन्यबस्तुमा लागु औषधको प्रयोग गरि सेवन गर्ने गरेको र यसले समाजमा विकृति फैलाएको बताउँदै वेलैमा सजग हुनु पर्ने बताए ।

त्यस्तै गरि कार्यक्रमका सभापति एवं हिमचुली युवा क्लबका संस्थापक अध्यक्ष राम गोपाल चगुठीले लागुऔषधको ओसार–पसार तथा विक्री वितरणमा लागेका संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहले नेपालमा हवाई तथा स्थलमार्गवाट लागु पदार्थ भित्र्याउने गरेको जिकिर गर्दै लागु औषधको बढ्दो प्रयोगबाट युवाशक्तिलाइ जोगाइ राष्ट्र निर्माणमा सरिक गराउन प्रहरी नागरिक वीच सहकार्य हुनु पर्ने बताए। कार्यक्रममा युवा , विद्यार्थी , समाजसेवी , बुद्धिजीवी पत्रकार लागायतको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।